काठमाडौं- सिभिल क्यापिटल मार्केट लिमिटेडले वार्षिक साधारण सभा समपन्न गरेको छ । सभा आइतवार सिटीसी मल सुन्धारा, काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले सम्बन्धित निकायको स्वीकृतिलाई संस्थागत परामर्शदाता सेवा अन्तर्गत व्यवसायिक योजना, लोन सिण्डीकेशन, वर्किङ क्यापिटल, फाइनान्सिङ भेञ्चर क्यापिटल, इक्विटी, हेज फण्ड जस्ता कोषहरु सञ्चालन सम्पत्ति व्यवस्थापन लगायतका सेवाहरु प्रदान गर्ने साथै आफ्ना ग्राहकहरुको बीमा अभिकर्ता भई काम गर्ने प्रस्तावहरु समेत पारित गरेको हो ।
प्रतिक्रिया