लाभांश पाउने भएपछि  सिद्धार्थ बैंकको शेयर किन्ने बढे, कारोबार रकम सबै भन्दा धेरै

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिद्धार्थ बैंकको सबै भन्दा धेरै कारोबार भएको छ । 

सधारणसभा तथा लाभांश  प्रयोजनको लागि सिद्धार्थ बैंकले भोलीबाट बुक क्लोज  गर्ने भएसँगै बैंकको शेयर खरिदकर्ताको चाप बढेको छ । 

बैंकको लाभांश आज सम्म कायम शेयरधनीले मात्र पाउने छन् ।

यस अघि बैंकको सञ्चालक समितिले गत आवको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले माघ १६ गते शुक्रबार बालुवाटारको आम्रपाली ब्यांक्वेटमा साधारण सभा आह्वान गरेको छ । 
आज कम्पनीको ४७२ रुपैयाँमा ४२ करोड ६२ लाख बराबरको कारोबार भएको छ । 

बैंकको शेयर मूल्य भने १.२९ प्रतिशतले मात्र बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया