छ्याङदी हाइड्रोपावरको सधारण सभा सम्पन्न, लाभांश कति ?

५ बर्ष अगाडि

काठमाडौं- छ्याङदी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी ५.२६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैं कम्पनीको ७२औं साधारण सभा सम्पन्न भएको हो । 

सभामा बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीको १० बराबर ३ कित्ताको अनुपात ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पेश भएको छ । त्यस्तै, सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित भएको छ ।  

भने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा(नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित भएको कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया