लगानीकर्तालाई आकर्षक लाभांश बितरण गर्दै  हिमालयन बैंकको साधारण सभा सम्पन्न

५ बर्ष अगाडि

हिमालयन बैंकले गत आवको मुनाफाबाट लगानीकर्ताहरुलाइ आकर्षक लाभांश वितरण गर्ने भएको छ । 

बैंकको संचालक समितिको बैठकले प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश आज बसेको बैंकको साधारण सभाले पारित गरेको हो । 

उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्ने छ।

आज बसेको बैंकको सभामा  संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

हाल, बैंकले देशभर ७० शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४ हजार २०० भन्दा बढी पोस टर्मीनल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएकोे छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया