सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा

५ बर्ष अगाडि

काठमाडौं- सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटालाई नियुक्त  भएका छन् ।

पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त  गरिएको हो ।

यसअघि कम्पनीको स्वतन्त्र सञ्चालकमा गंगा प्रसाद शर्मा रहेका थिए । उनले दिएको राजीनामालाई स्वीकृत गर्दै इन्स्योरेन्सले रिक्त रहेको पदमा देवकोटालाई नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिले पुस २६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीका सचिव राजु राजचलले जानकारी दिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया