केरुङ र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन आग्रह

५ बर्ष अगाडि

काठमाडौं- चीनतर्फको केरुङ र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरिएको छ । 

राष्ट्रिय व्यापार संघको १६ औं वार्षिक साधारण सभामा बोल्दै संघका अध्यक्ष कमल अग्रवालले यस्ता आग्रह गरेका हुन् । साथै सरकारी नीतिनियमहरू व्यवसायी मैत्री नभएको भन्दै उनले समय अनुकुल परिमार्जन गरि व्यवसायी मैत्री गर्नु पर्ने पनि बताए । 

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्दै संघका महासचिव वैकुण्ठ दहालले कोरोना महामारी र लामो समय सम्मको बन्दाबन्दीका कारण साना तथा मझौला व्यवसायीहरू निकै मारमा परेको बताए । यस्तो अवस्थामा सरकारले निजी क्षेत्रको पिरमर्कालाई आत्मसाथ गर्दै व्यवसायी मैत्री नीतिनियमहरू बनाउनु पर्ने उनले बताए ।

संघको १६ औं वार्षिक साधारण सभा कोरोनाको जोखिमका कारण व्यापार संघका पदाधिकारी र सल्लाहकारहरूको उपस्थितिमा आइतबार राजधानीमा सम्पन्न भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया