मंसिरसम्म विकास बैंकहरुले कमाए २ अर्बभन्दा बढी नाफा ,कुन बैकको कति ?

५ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक बर्षको मंसिरसम्म नेपालका विकास बैैंकहरुले रु २ अर्ब १५ करोड २२ लाख बराबरका खुद नाफा कमाएका छन् ।  नेपाल राष्ट्र बैकले सर्वाजनिक गरेको मंसिर मसान्त सम्मको तथ्याङकले यस्तो देखाएको छ ।

हाल नेपालमा १९ वटा विकास बैकहरु बैंक सञ्चालनमा छन् । मंसिरसम्म आउँदा उनीहरुले यतिका मात्रामा नाफा कमाएका हुन् । बैकहरुको यो नाफा गत आ.व. को सो अवधिको भन्दा  रु. १ अर्ब २४ कारोडले बढी हो ।

गत आ.व. कोे मंसिर अन्तिमसम्म बैैकहरुले रु. ९१ करोड  २० लाख बराबरको नाफा कमाएका थिए । त्यो अनुसार यो बर्ष विकास बैंकहरुको नाफा गत आवको सो अवधिको तुलनामा १३६ प्रतिशतले बढेको छ ।

 राष्ट्र बैकको तथ्याङक अनुसार गत वर्षको तुलना यस वर्ष बैंकको खुद नाफा राम्रैसंग बढेको देख्न सकिन्छ । गत आ.व को सो अवधिमा ७ विकास बैंकहरु घाटामा गएका थिए ।  तर चालु आ.व. को समिक्षा अवधिमा भने २ बैक मात्र घाटामा गएका छन् । यसरी घाटामा गएका बैंकहरुले नाफा कमाउन थालेपछि विकास बैकहरुको कुल नाफा बढेको बताइएको छ ।

यस्तै, कोरोना भाइरसको महामारीका कारण चालु आवको पहिलो त्रैमास अर्थात् ३ महिनासम्म बैंकको नाफा नमज्जाले प्रभावित भएको थियो । तर, अहिले कोरोनाको कहर सामान्य हुदै गएपछि र बन्दाबन्दी तथा निषेधआज्ञा पनि खुल्दै गएपछि आर्थिक क्षेत्र चलायमान हुन थालेको छ । बैंकहरुको कर्जा पनि उठ्दै गएको छ । यस्ता कारणले पनि विकास बैकहरुको नाफामा सुधार आएको हो । 

विकास बैंकहरुमध्ये नाफा कमाउने मामलामा सबैभन्दा बढी कमाउने बैंक मुक्तिनाथ विकास बैंक रहेको छ । बैकले चालु आ.व.को मंसिरसम्म ४५ करोड ६५ लाख बराबरको खुद नाफा कमाएको छ । 

यस्तै महालक्ष्मी विकास बैकले ४० करोड ६८ लाख, कामना विकास बैकले २६ करोड १८ लाख, ज्योती विकास बैंकको २५ करोड ८ लाख बराबरको खुद नाफा कमाएका छन् । 

साथै मंसिरको अन्तिमसम्म सबैभन्दा कम नाफा कमाउने बैंकमा साहारा विकास बैंक रहेको छ । यस अवधिमा उक्त बैकले ३२ लाख खुद नाफा कमाएको छ ।
समिक्षा अवधिमा १७ विकास बैकहरुले नाफा कमाइ रहँदा दुई विकास बैक भने घाटामा गएका छन् । तथ्याङकअनुसार यस अवधिमा नारायणी विकास बैंकले ७२ लाख र सप्तकोसी विकास बैकले २ करोड ६८ लाख बराबरको घाटा व्यहोरेका छन् । 

कुन बैकको कति नाफा : 


 

५ बर्ष अगाडि

प्रतिक्रिया