काठमाडौं- हिमालयन बैंक लिमिटेडको २८औं वार्षिक साधारणसभा आज सम्पन्न हुँदैछ । सभा बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा भिडियो कन्फरेन्समार्फत बिहान ११ बजे सुरु हुने भएको हो ।
सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम नाफाको बाँडफाँड तथा चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ ।
त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोही अवधिको नाफा९नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरूमाथि छलफल गरी पारित हुने पनि जनाइएको छ ।
प्रतिक्रिया