काठमाडौं- आज छ्याङदी हाइड्रोपावर लिमिटेडको ७२औं वार्षिक साधारणसभा हुँदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय गैह्रीधारा काठमाडौंमा भर्चुअल माध्यमबाट हुन लागेको हो ।
मङ्सिर ३० गते बसेको कम्पनीको संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको थियो । सभाले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी ५.२६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पेश बताइएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पौष १७ गते १ दिनको लागि बुक क्लोज गरेको थियो ।
सोहि कारण पौष १६ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया