सिभिल क्यापिटलको १२ औंं वार्षिक साधारण सभा सम्पन्न

५ बर्ष अगाडि

काठमाडौं – सिभिल क्यापिटल मार्केट लिमिटेडको बाह्रौं (१२औंं) वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सिटीसी मल सुन्धारामा उक्त कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।

सभाले साधारण प्रस्ताव अन्र्तगत आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । साथै,२०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेकोछ । 

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५ (पाँच) प्रतिशतका दरले हुन आउने कर सहित १ करोड ०६ लाख २५ हजार नगद लााभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

सभाले विशेष प्रस्ताव अन्तरगत सम्बन्धित निकायको स्वीकृती लिई संस्थागत परामर्शदाता सेवा अन्तर्गत व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोषहरु संचालन, सम्पत्ति व्यवस्थापन लगायतका सम्बन्धित सेवाहरु प्रदान गर्ने साथै आफ्ना ग्राहकहरुको वीमा अभिकर्ता भई काम गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेको छ ।

छिटो छरितो तथा ग्राहकमुखि सेवा दिदै ग्राहक एवं लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने प्रतिबद्धता सो सभामा व्यक्त गरियो । निष्काशन तथा विक्री प्रबन्धकसँगै सिभिल क्यापिटल पुँजी बजारमा ग्राहकहरु माझ लोकप्रिय बन्दै गएको, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, पचपन्न हजार भन्दा माथि डीम्याट (डीपी) सेवा, नौ बटा कम्पनीको शेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया