अब सिद्धार्थ बैंकका ग्राहकले क्यूआर कोड स्क्यान गरी पैसा निकाल्न मिल्ने

५ बर्ष अगाडि

अब सिद्धार्थ बैंकका ग्राहकहरुले चेक वा एटिएम कार्ड नभए पनि पैसा निकाल्न मिल्ने भएको छ । 

बैंकले “स्मार्ट टेलर” सेवा सञ्चालनमा ल्याएसँगै ग्राहकहरले उक्त सुविधा पाउने भएका हुन् ।

अब ग्राहकहरुले क्यूआर कोड स्क्यान गरी आफ्नो  बैंक खाताबाट सहजै रकम झिक्न र निकाल्न सक्ने बैंकले जनाएको छ । 

ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एपबाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक दश लाखसम्मको रकम निकाल्न सक्ने बैंकले जनाएको छ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया