काठमाडौं- सिटिजन्स बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिका कालीमाटी बजारमा आफ्नो शाखा रहित बैंकिङ सेवा सुचारु गरेको छ । बैंकले पुस २४ गते शुक्रबारदेखि १०७ औं शाखा सञ्चालनमा ल्याएको हो ।
साथै सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरा लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
शाखा रहित बैंकिङ्बाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य लिएको छ ।
बैंकले हाल देशैभरीका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैङ्किङ इकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया