सम्पन्न भयो नेपाल बङ्गलादेश बैंकको साधारण सभा, लाभांश कति ?

५ बर्ष अगाडि

काठमाडौं- नेपाल बङ्गलादेश बैंकको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सभा सम्पन्न भएको हो ।

कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा बैंकका अध्यक्ष ए आर एम नजमुस तथा सञ्चालकहरू सहित २५ जनाको मात्र उपस्थित रहेको साधारण सभामा शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट प्रतिनिधित्व गराइएको थियो ।

सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक वित्तीय विवरणहरू पारित गरेको छ ।

साथै बैंकका सहायक कम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेड सहितको आर्थिक वर्ष २०७६/०७७ को एकीकृत वार्षिक वित्तीय विवरण पनि पारित गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया