काठमाडौं- कोरोना खोपको सहज आपूर्ति लागि बेलायतले १ अर्ब डलर जुटाउने भएको छ । जोखिममा रहेका मुलुकमा कोरोना विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउनका लागि उक्त रकम जटाउन लागेको हो ।
रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिने बेलायत सरकारले जनाएको छ । बेलायत सरकारले अन्य दाताले ४ डलर दिए आफ्ना तर्फबाट एक पाउन्ड रकम कोभाक्समा राख्ने बताएको छ ।
बेलायतले कोभाक्सका लागि यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ । अहिले मुख्य रुपमा क्यानाडा, जापान र जर्मनीले कोभाक्स कोषमा रकम जम्मा गरिरहेका छन् ।
यस कोषका लागि १ अर्ब ७० करोड डलरसम्म प्रदान गर्ने योजना दाताहरुको रहेको छ । बेलायती विदेश मन्त्रालयका अनुसार यसै वर्षभित्र ९२ वटा विकासशील मुलुकका लागि कोषबाट एक अर्ब कोरोनाको खोप वितरण गरिने योजना रहेको छ ।
प्रतिक्रिया