काठमाडौं- मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनुपमा खुञ्जेलीले गत आ।व। मा तलब भत्ता लगायतका सुविधा बापत रु. १ करोड ७० लाख ३२ हजार ४३४ रुपैयाँ बुझेकी छिन् । बैंकले हालै सार्वजनिक गरेको गत आ.व. को वार्षिक प्रतिवेदनले उक्त रकम बुझेको देखाएको हो ।
उनले आफूले पाउने तलब मात्र रु. १ करोड २० लाख रुपैयाँ बुझेकी हुन् । दशैँ भत्ता बापत रु. ८ लाख ५० हजार रुपैयाँ, बोनस र कल्याणकारी कोष बापत रु. ६५ लाख ७९ हजार ५२२ रुपैयाँ र इन्धन बापत रु. ३ लाख २ हजार ९१२ बुझेकी छिन् । तर, उनलाई भत्ता र सञ्चय कोष बापतको रकम प्रदान गरिएको छैन ।
साथै उनलाई गाडी सुविधा, चालक, मोबाइल खर्च, बीमाको व्यवस्था पनि गरिएको छ । त्यस्तै बैंकका सञ्चालकरूलाई बैठक भत्ता बापत रु. २७ लाख ३९ हजार ७५० प्रदान गरिएको छ । भने मोबाइल तथा पत्रपत्रिका खर्च बापत रु. १० लाख ८ हजार भुक्तानी गरिएको छ ।
त्यसै गरि बैकका प्रबन्धक तह देखि अन्य पदाधिकारीहरूलाई गाडी टेलिफोन, बीमा, आवास कर्जा र अधिविकर्ष कर्जाको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया