नेपाल इन्भेष्टमेण्ट बैंकका सिईओलाई सुविधै सुविधा, कति छ तलब ?

५ बर्ष अगाडि

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योती प्रकाश पाण्डेले गत आ.व. मा तलब भत्ता लगायतका सुविधा बापत रु. ३ करोड ६ लाख ३४ हजार रुपैयाँ बुझेका छन् । बैंकले हालै सार्वजनिक गरेको गत आ.व. को वार्षिक प्रतिवेदनले उक्त रकम बुझेको देखाएको हो ।

उनले आफूले पाउने तलब मात्र रु. १ करोड ६ लाख ७६ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै भत्ता बापत रु. १ करोड ७ लाख १७ हजार रुपैयाँ, दशैँ भत्ता बापत रु. २२ लाख ३३ हजार रुपैयाँ, सञ्चय कोष मार्फत रु. १ करोड ६ लाख ८ हजार रुपैयाँ बुझेका छन् ।

उनलाई तलब तथा भत्ता सँगै पानी, बिजुली, टेलिफोन महशुल, सवारी चालक, इन्धन, सवारी मर्मत सम्भार सहित सवारी साधन, जीवन बीमा, औषधोपचार बीमा, दुर्घटना बिमा, पत्रपत्रिकाको व्यवस्था साथै ३ जना सुरक्षा गार्डको समेत व्यवस्था गरिएको बैंकले जनाएको छ । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया