नेपाल बैंकले माग्यो साढे तीन अर्बको ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति

५ बर्ष अगाडि

काठमाडौं- नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । १० वर्ष अवधिको ‘नेपाल बैंक ऋणपत्र २०८७’ जारी गर्न बैंकले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । 

बोर्डका अनुसार बैंकले पुस १९ गते धितोपत्र निवेदन दिएको छ । बैंकले जारी गर्न लागेको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ४० प्रतिशत बराबरको १४ लाख कित्ता इकाईमा सर्वसाधरणले आवेदन दिन पाउनेछन् । भने ६० प्रतिशत बराबरको २१ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बैंक आफैँले संघ संस्थालाई बिक्री गर्नेछ ।

बैंकले नबिल इन्भेष्टमेण्ट बैंकिङलाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा चयन गरेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया