काठमाडौं- मुक्तिनाथ विकास बैंकको साधारण सभा सम्पन्न भएको छ । कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित पुस २६ गते होटल पार्दी पोखरामा सभा सम्पन्न भएको हो ।
सभाले ११.२५ प्रतिशत बोनस शेयर र ४.२५ प्रतिशत नगद लाभांश गरेर कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभामा कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागिता गराएको कम्पनीले जनाएको छ ।
साथै सभामा आव २०७६/७० को वार्षिक प्रतिवेदन र आव २०७७/७८ को लागि लेखा परिक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित भएको छ ।
प्रतिक्रिया