काठमाडौं – बैंकिङ क्षेत्रका चर्चित प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्थात् सेलीव्रेटी अनिल केशरी शाहले तलव लगायतका सुविधा बापत गत आवमा रु. ३ करोड ११ लाख ९७ हजार ६९६ बुझेका छन् । हाल उनी नविल बैंकको सीईओको रुपमा कार्यरत छन् ।
बैंकले हालै सार्वजनिक गरेको गत आवको बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । यद्यपि, बैंकको प्रतिवेदनमा उनले १ करोड ६२ लाख मात्र तलव बुझेको देखिन्छ । तर, उनले बिभिन्न शिर्षकमा पाएको रकम जोड्दा सो बराबरको रकम बुझेको देखिन्छ ।
अघिल्लो आवमा भने उनले रु. २ करोड ४० लाख भन्दा बढी तलव भत्ता बुझेका थिए ।
गत आवमा उनले तलव मात्र रु. १ करोड ३२ लाख बुझेका छन् । त्यो अनुसार उनको मासिक तलव ११ लाख रुपैयाँ रहेको देखिन्छ । यस्तै, उनले अल्पकालिन कर्मचारी लाभ बापत रु. १ करोड ४९ लाख, अन्य सुविधा बापत रु. १७ लाख ६३ हजार र निवृत लाभ बापत रु. १२ लाख ७० हजार बुझेका छन् ।
यस्तै, बैंकले गत आवको सञ्चालकहरुलाई रु. २७ लाख ५९ हजार बैठक भत्ता दिएको छ । यस्तै, भ्रमण खर्च बापत २७ लाख १६ हजार भुक्तानी दिएको छ ।
प्रतिक्रिया