प्रभु बैंकका सीईओको बार्षिक तलव, भत्ता कति ?

५ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सिईओ) अशोक शेरचनले गत आर्थिक वर्षमा तलब भत्ता लगायतका सुविधा बापत ३ करोड ४२ लाख ३० हजार बुझेका छन् । बैकले हालै सार्वजनिक गरेको गत आ।व।को वार्षिक प्रतिवेदनले यस्तो देखाएको छ । 

सिईओ शेरचनले २ करोड ५७ लाख ९२ हजार तलब र भत्ता, ४८ लाख ७० हजार  कर्मचारी बोनस र ३५ लाख ६८ हजार  दशै तथा बिदा भत्ता  गरी कुल ३ करोडभन्दा बढी रकम बुझेका हुन् । 

यस्तै बैकले व्यस्थापन तहका पदाधिकारीहरुलाई तलब र भत्तामा २  करोड ४० लाख ७ हजार बराबरको रकम खर्च गरेको छ ।

त्यसैगरी बैकले  सञ्चालक समितिको बैठकमा उपस्थित भएबापत अध्यक्षलाई १२ हजार र सञ्चालक सदस्यहरुलाई १० हजार उपलब्ध गराउँदै आएको छ ।
 
यस्तै बैकले  सञ्चालक समितिको बैठकमा उपस्थित भएबापत अध्यक्षलाई १२ हजार र सञ्चालक सदस्यहरुलाई १० हजार उपलब्ध गराउँदै आएको छ ।
 
यस्तै बैकंले सञ्चालक समितिका अध्यक्षलाई टेलिफोन, मोबाइल तथा पत्रपत्रिका खर्चबापत महिनाको ११ हजार सञ्चालक सदस्यहरुलाई १० हजार उपलब्ध गराउँदै आएको छ ।  । समिक्षा अवधिममा सञ्चालक समितिको अध्यक्ष तथा सदस्यहरुलाई बैठक भत्ता र पत्रपत्रिका तथा टेलिफोन खर्चबापत रु ३१ लाख ३० हजार उपलब्ध गराउँदै आएको छ ।

साथै बैंकले प्रमुख अधिकृतलाई बैंकले सवारी साधन सुविधा  उपलब्ध गराएको छ भने प्रचलित बोनस ऐन अनुसार बोनस सुविधा समेत प्रदान गरेको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया