कत्ति छ एनएमबि बैंकका सिईओको तलब ?

५ बर्ष अगाडि

काठमाडौं- एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल के.सी.ले गत आ.व. मा तलब भत्ता लगायतका सुविधा बापत १ करोड ७५ लाख २८ हजार ३०५ रुपैयाँ बुझेका छन् । बैंकले हालै सार्वजनिक गरेको गत आ.व. को वार्षिक प्रतिवेदनले उक्त रकम बुझेको देखाएको हो ।

उनले आफूले पाउने तलब मात्र ५९ लाख ४ हजार बुझेका छन् । त्यस्तै सञ्चय कोष मार्फत ५ लाख ९० हजार ४ सय, भत्ता बापत ५२ लाख ४८ हजार, बोनस बापत ५५ लाख ७६ हजार, अन्य सुविधा बापत २ लाख ९ हजार ९०५ बुझेका छन् ।

बैकले अल्पकालीन कर्मचारी सुविधा बापत ५ करोड २४ लाख ४० हजार ४४ रुपैयाँ भुक्तानी गरेको छ । भने प्रमुख व्यवस्थापनका कर्मचारीलाई प्रदान गरिने कुल पारिश्रमिक बापत ५ करोड २४ लाख ४० हजार ४४ रुपैयाँ भुक्तानी गरेको छ ।

साथै  भविष्यमा प्रदान गरिने कर्मचारी सुविधा, अन्य दीर्घकालीन सुविधा, सेवा अवधि समाप्त भएपछि दिइने कर्मचारी सुविधा र शेयर भुक्तानी बापत दिइने सेवासुविधा नबुझाएको बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया