नेपाल क्लियरिङ हाउबाट बाहिरियाे  एससीटी

५ बर्ष अगाडि

चेकराफसाफ तथा भुक्तानी सेवाको काम गर्दै आएको नेपाल क्लियरिङ हाउबाट  च्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बाहिरीएको छ । 

आफ्नो नाममा रहेको २ लाख ९८ हजार ८० कित्ता संस्थापक सेयर बिक्री गरेर क्लियरिङ हाउबाट एससीटी बाहिरिएको हो ।

एससीटीको नाममा रहेको सो सेयर भने सिद्धार्थ बैंक बैंकले करिब साढे १६ करोड रुपैयाँमा लिलाम बढाबढ प्रक्रियाबाट खरिद गरेको छ । 

सिद्धार्थ बैंकले केही सेयर सेयर ६०५ र अर्को ५६५ रुपैयाँको दरले किनेको हो । 

स्मार्ट च्वाइसले नेपाल क्लियरिङ हाउसको सेयर बिक्रीका लागि न्यूनतम मूल्य ३५० रुपैयाँ राखेर बिक्रीको लागि आह्वान गरेकोमा सबैभन्दा बढी बोली लगाउने सिद्धार्थ  बैंकले सबै सेयर किनेको छ ।

नेपाल क्लियरिङ हाउसमा १० प्रतिशत नेपाल राष्ट्र बैंक,१० प्रतिशत स्मार्ट च्वाइस र ८० प्रतिशत सेयर बैंक तथा वित्तीय संस्थाको थियो । जसमा सिद्धार्थ बैंकसँग ६८ हजार ६४ कित्ता सेयर रहेको थियो ।

सेयर किनबेचको नामसारी प्रक्रिया समेत सकिसकेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया