१ लाख ८६ हजार बढि नेपालीको उद्दार

५ बर्ष अगाडि

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा कोरोनाका कारण समस्यामा परेका १ लाख ८६ हजार ६६ जना  नेपालीको उद्दार भएको छ ।  

गैरआवासीय नेपाली संघका अनुसार विदेशका बिभिन्न देशमा ९ हजार ६ सय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पिसीआर टेष्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्दार तथा राहत दिइएको छ ।  

संघले साउदी, मलेसिया, कतार, संयुक्त अरबइमिरेट्स ९यूएई०, बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरेको हो ।  

हालसम्म गैरआवासीय नेपाली संघले ८ सय ६२ जनालाई काठमाडौंबाट गन्तब्यसम्म पुग्न निःशुल्क बस भाडा स्वरुप आर्थिक सहयोग गरेको छ । संघले देशका सातै प्रदेशमा १४ लाख रुपैया बराबारको स्वास्थ्य सामग्री पनि हस्तात्तरण गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया