दक्षिणी रसुवामा मोटरसाइकल दुर्घटनाबाट एकको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं- मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–३ निवासी २६ वर्षीय सोनाम वाइवा रहेका छन् ।
 
लारच्याङबाट पारच्याङ तर्फ जाने क्रममा बा।४४ प ७६५६ नं को मोटरसाइकल शनिबार अपरान्ह दुर्घटना भई घाइते भएका वाइवालाई उपचारार्थ अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया