काठमाडौं- नेरुडे लघुवित्त वित्तीय संस्थाले ३ करोड ८५ लाख लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट आफ्नो शेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने भएको हो ।
पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बराबरको तीन करोड ६५ लाख ८३ हजार ५२४ रुपैयाँ बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत बराबरको १९ लाख २५ हजार ४४८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया