सडक मिचेका भवनमा चल्यो डोजर

५ बर्ष अगाडि

काठमाडौं,  बुटवलमा मुख्य सडक क्षेत्र अतिक्रमण गरेका घर भत्काउन थालिएको छ। चौराह–चिडियाखोला सडक सीमाभित्र पर्ने मापदण्ड बिपरीतका भवनमा डोजर चलाएको हो।

बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाले गएको शुक्रबार २४ घण्टे सूचना जारी गर्दै घरधनीहरुलाई आफै घर भत्काउन निर्देशन जारी गरेको थियो।

सूचना अनुसार घरधनीले घर नभत्काएपछि आइतबार बिहानै आयोजनाले ट्राफिक चोकमा रहेका १२ वटा घरमा डोजर चलाएको हो।
 

५ बर्ष अगाडि

प्रतिक्रिया