काठमाडौं, करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् ।
शुक्रबार अपराह्न ४ बजे फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेर केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिएका छन् ।
पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत पुगेका थिए ।
लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए ।
उनले पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गरेका थिए भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए ।
आत्महत्याको कारण नखुलेको बताएको लण्डन प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।
प्रतिक्रिया