आइतबार देशभरको मौसम सामान्यतया सफा रहने

५ बर्ष अगाडि

काठमाडौँ – आइतबार देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रहने मौसमविदले जनाएका छन्।

आइतबार राति प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

तर मौसम सफा रहे पनि तापक्रममा हल्का गिरावट आइ चिसो बढ्न सक्ने भएकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया