प्रधानमन्त्री ओलीको अन्तरवार्ता लिन जी न्यूजको टोली काठमाडौंमा

५ बर्ष अगाडि

काठमाडौं- भारतीय समाचार च्यानल जी न्यूजका सुधीर चौधरीलगायत तीनजना प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन शनिबार दिउँसो एअर इण्डियाको उडानबाट काठमाडौं आएका छन् । 

विमानस्थलबाट सोझै बौद्धस्थित हायात होटल गएका उनीहरूले भोलि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

जी न्यूज त्यही च्यानल हो जसले नेपालले नयाँ नक्सा जारी गरेपछि चिनियाँ राजदूत हौ यान्छी र प्रधानमन्त्री ओलीलाई जोडेर आधारहीन समाचार लगातार प्रसारण गरेबापत नेपालभर प्रसारण बन्द हुनेमा परेको थियो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया