आठ घण्टाको काममा एकपटक भन्दा बढि बाथरुम गए जरिवाना

५ बर्ष अगाडि

एजेन्सी- चीनको एक कम्पनीले एक पटकभन्दा बढी बाथरुम गएमा जरिवाना लाग्ने नियम लागू गरेको छ। ग्वान्झाओको उक्त कम्पनीले आठ घण्टाको अवधिमा एक पटकभन्दा बढी बाथरुम गएमा जरिवाना स्वरुप तलबबाट पैसा काटिने नियम लागु गरेको हो।

हालसम्म ६ जना कम्पनीको जरिवानामा परिसकेका छन् । जतिपटक नियमको उल्लंघन भयो त्यतिपटक ३ अमेरिकी डलर जरिवाना गरिएको छ। कम्पनीले कर्मचारी तथा कामदारले बाथरुममै गएर गेम खेल्ने गरेको र त्यहाँ चुरोट सेवन गर्ने गरेकाले उनीहरुलाई जिम्मेवार बनाउन यस्तो नियम बनाएको बताएको छ। 

यो नियम लागु गरिए पछि उक्त कम्पनीको अहिले चर्को रुपमा विरोध भएको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया