काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट सधैंका लागि बन्द भएको छ। यसअघि उनको एकाउन्ट १२ घण्टाको लागि निलम्बन गरेको थियो । तर, अब ट्विटरले सधैंका लागि बन्द गरिदिएको हो।
ट्विटरले भनेको छ, 'हालैका दिनमा ट्रम्पले गरेका ट्विटको मिहीन समीक्षा र संसद् भवनमा भड्केको हिंसा तथा थप हिंसा भड्किने जोखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको एकाउन्ट स्थायी रुपमै बन्द गरेका छौं’ ।
उता फेसबुकले पनि ट्रम्पको खाता अनिश्चितकालका लागि निलम्बन गरेको छ। कम्तीमा पनि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण नगरेसम्म उनले फेसबुक चलाउन पाउने छैनन्। बाइडेनले यही जनवरी २० तारिखमा शपथ ग्रहण गरेर सत्ता सम्हाल्दैछन्।
प्रतिक्रिया