मनिषा कोइराला आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा नियुक्त

५ बर्ष अगाडि

काठमाडौं- अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा तीन वर्षको लागि नियुक्त भएकी छिन् । कोइराला नियक्त भए सँगै उनको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए ।

नेपाली बीमा बजारमा उत्कृष्ठ सेवा प्रदान गर्दै निरन्तर अगाडी बढि रहेको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवामा परिस्कृत गर्दै उच्च कोटीको सेवा सहित डिजिटलको माध्यमबाट सेवामा विविधता ल्याइने  श्रेष्ठले जानकारी गराए । साथै नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको व्यक्तिलाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाएकोमा खुसि पनि व्यक्त गरे । 

मनिषा कोइरालाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लगेको बताइन् । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड नेपालको निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ठ कम्पनीको रुपमा स्थापित बीमा कम्पनी हो ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया