काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटलबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा आज बैंकको तर्फबाट प्रमुुख जोखिम अधिकृत निर्मल कुमार श्रेष्ठ र नेपाल अर्थोपेडिक हस्पिटलका मेडिकल डाइरेक्टर डा।युवराज खरेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि बैंकले नेपाल अर्थोपेडिक हस्पिटल आवद्ध चिकित्सक, तथा स्थायी कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकबाट रु।१५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गर्ने छ । साथै सांग्रिला डेभलपमेन्ट बैंकका सेवाग्राहीहरु, खातावालाहरु, संस्थापक शेयरधनीहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनहरुलाई सो हस्पिटलमा उपचार गराउँदा बिशेष छुटको ब्यवस्था रहने छ ।
बैंकको हाल मुलुकभर ९२ शाखा कार्यालयहरु र ३१ एटिएम रहेको छ ।
प्रतिक्रिया