काठमाडौं- मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई राष्ट्रिय बाणिज्य बैंकले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ। राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजरबीच भएको ब्राण्ड एम्बासडर नियुक्ती सम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका हुन् ।
श्रेष्ठलाई राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ्ग सेवाको प्रवर्द्धनका लागि नियुक्ती गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । त्यस्तै यो सम्झाउताले दुवै संस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने दी हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले बताएका छन् ।
बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा ४ अर्ब ४५ करोड रुपैंया खुद मुनाफा गरेको जनाएको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुई सय ४५ वटा शाखा कार्यालय, दुई सय ५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।
प्रतिक्रिया