काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दुईवटा मस्कोट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रबर्द्धन, पहिचान र प्रचार प्रसार गर्नका साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुई वटा मस्कोट सार्वजनिक गरेको हो ।
यस सरल र शताब्दी नामको मस्कोटले सेञ्चुरी बैंकको बैङ्किङ अनुभवलाई अझ सरल र सुरक्षित बनाउन सहयोग गर्ने छ । साथै बैंकले प्रदान गर्ने विभिन्न सेवा, सुविधाहरू रतिनका प्रकृयाका बारेमा पनि विभिन्न माध्यमबाट ग्राहकहरूलाई जानकारी गराउने छ।
यस माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझै मद्दत पुग्ने सेञ्चुरी बैंकको विश्वास रहेको छ ।
प्रतिक्रिया