अब बिकास बैंक र फाइनेन्समा पनि चेक नकाटी रकम भुक्तानी गर्न मिल्ने

५ बर्ष अगाडि

नेपालमा ख’ र ‘ग’ वर्गका विकास बैंक तथा वित्तीय कम्पनीहरु पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा जोडिने भएका छन् ।

उक्त प्रणाली अन्तर्गत अब ख’ र ‘ग’ वर्गका रहेका बिकास बैंक र फाइनेन्समा पनि चेक नकाटी रकम भुक्तानी गर्न मिल्ने भएको हो । 

यस अघि नै सम्पूर्ण वाणिज्य बैंकहरु पनि यस प्रणालीमा आबद्ध भइसकेका छन् । 

उक्त प्रणालीमा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रिल विकास बैंक, साइन रेसुङ्गा विकास बैंक, लुम्बिनी विकास बैंक र दुई वित्तीय कम्पनीहरु आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स सो प्रणालीमा जोडिएका हुन् । 

आरटीजीएस एउटा आधुनिक भुक्तानी प्रणाली हो । ठूलो रकम निकाल्न वा स्थानन्तरण गर्नु पर्दा आरटीजीएस प्रणालीको प्रयोग गरे बैंकमा धाएर चेक काटिरहन पर्दैन । अन्य अनलाइन भुक्तानी प्रणालीभन्दा छिटो रकम स्थानान्तरण गर्न वित्तिकै यो प्रणालीमा पैसा सेवाग्राहीको खातामा जम्मा हुन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया