बैंकहरुमा अत्याधीक तरलता बढे पछि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट २० अर्ब रुपैयाँ मागेको छ ।
बिहीबार राष्ट्र बैंकले उक्त रकम वित्तीय प्रणालीबाट मागेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिने अनुपातमा कर्जा प्रवाह कम भएपछि तरलता बढेको हो।
तयस्तै, रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार, ब्याज पूँजीकरण लगायतले वित्तीय प्रणालीमा लगानीयोग्य रकम बढेको हो।
ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्दै आएको राष्ट्र बैंकले झै बजारमा झण्डै डेढ खर्ब तरलता रहेको जनाएको छ ।
बैंकले बिहीबार २० अर्ब रुपैयाँ बराबरको २८ दिने रिभर्स रिपो जारी गरेको हो ।
केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ मागी रहँदा बैंक वित्तीय संस्थाहरुले ७८ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरेका छन् ।
यस अघि राष्ट्र बैंकले ५० अर्बको रिभर्स रिपो निष्काशन गरेको थियो ।
तर उच्च ब्याजदर मागेपछि उक्त रिपो पुरा बिक्री हुन सकेको थिएन।
केन्द्रीय बैंकले जारी गरेको रिपोमा २७ वटा बैंक वित्तीय संस्थाहरुले १९८ वटा आवेदन दिएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुमा बैंकिङ्ग प्रणालीमा तरलता रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्दै आएको छ ।
प्रतिक्रिया