मंसिरसम्म बाणिज्य बैंकहरुको नाफा २४ अर्ब माथिः पहिलो नम्बरमा आयो ग्लोबल आईएमई, कुन बैंकको अवस्था कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको मंसिरसम्म नेपालका बाणिज्य बैंकहरुले रु. २४ अर्ब २६ करोड ६० लाख खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको मंसिरसम्मको मासिक तथ्यांकले यस्तो देखाएको हो । 
हाल नेपालमा २७ बाणिज्य बैंक सञ्चालनमा छन् । मंसिरसम्म आउँदा उनीहरुले यतिका मात्रामा नाफा कमाएका हुन् । यद्यपि, बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा  ६ प्रतिशतले कम हो । 
गत आ.व. कोे मंसिर अन्तिमसम्म बैैकहरुले रु. २५ अर्ब ८३ करोड ७० लाख बराबरको नाफा कमाएका थियो । त्यो अनुसार यो बर्ष बैंकको नाफा गत आवको सो अवधिको तुलनामा रु. १ अर्ब ५७ कारोड १० लाख घटको देखिन्छ । 
यस्तै, चालु आवको कात्तिक अन्तिम र मंसिरको तुलना गर्दा नाफा २८.९० प्रतिशत बढेको छ  । कार्तिकको अन्तिमसम्म बैकहरुले १८ अर्ब ८२ करोड ६० लाख नाफा कमाएको थिए । मंसिरसम्म आउदा त्यो २४ अर्ब भन्दा माथि पुगेको छ । त्यो अनुसार मंसिरमा मात्र बैंकहरुले रु. ५ अर्ब ४४ करोड नाफा कमाएको देखिन्छ । 
हालसम्मको नाफा गतको आवको भन्दा कम भएपछि पछिल्लो समय बैंकको नाफा बढ्दै गएको देखिन्छ । कोरोना भाइरसको महामारीका कारण चालु आवको पहिलो त्रैमास अर्थात् ३ महिनासम्म बैंकको नाफा नमज्जाले प्रभावित भएको थियो । तर, अहिले कोरोनाको कहर सामान्य हुदै गएपछि र बन्दाबन्दी तथा निषेधआज्ञा पनि खुल्दै गएपछि आर्थिक क्षेत्र चलायमान हुन थालेको छ । बैंकहरुको कर्जा पनि उठ्दै गएको छ, फलस्वरुप पछिल्लो समय बैंकको नाफामा सुधार आउँदै गएको बैंकरहरु बताउछन् ।
नाफा कमाउने मामलामा नेपालकै ठुलो बैंक ग्लोबल आईएमई बैंक पहिलो पटक पहिलो नम्बरमा आएको छ । यसअवधीमा उक्त बैंकले रु. १ अर्ब ८३ करोड नाफा कमाएको छ । यस्तै, दोस्रो नम्बरमा नविल बैंक आएको छ । यस अवधीमा उक्त बैंकले रु. १ अर्ब ६८ करोड कमाएको छ । यसैगरि नाफा कमाउने मामलामा तेस्रो नम्बरमा रहेको एनआईसी एसियाले रु. १ अर्ब ५६ करोड नाफा कमाएको छ । तथ्यांकअनुसार समिक्षा अवधीमा यी बैंक सहित ११ बैंक अर्ब क्लवमा प्रवेशका छन् । प्राइम, नेपाल इन्भेष्टमेन्ट, प्रभु, एनएमबी, मेगा, नेपाल बैंक लिमेटेड, राष्ट्रिय बाणिज्य बैंक, कुमारी बैंकले समिक्षा अवधीमा अर्ब भन्दा बढी नाफा कमाएका छन् । यसका अलावा अन्य बैंकको नाफा अर्ब भन्दा तल रहेको छ । 
यस्तै, समिक्षा अवधीमा सिभिल बैंकको नाफा सबैभन्दा कम रहेको छ । यस अवधीमा उक्त बैंकले रु. १६ करोड ८५ लाख मात्र नाफा कमाएको छ ।  
 

कुन बैंकको कति नाफा ?

५ बर्ष अगाडि

प्रतिक्रिया