कुन बाणिज्य बैंकले कति लाभांश दिँदैछ ? दुई बैंकको लाभांश प्रस्ताव अझै अन्योलमा

५ बर्ष अगाडि

गत आवको मुनाफाबाट २५ बाणिज्य बैकहरुले आफ्ना लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गरेका छन् ।

नेपालमा रहेका २७ बाणिज्य बैक मध्य राष्ट्रीय बैंक र सिभिल बैंकले मात्र अहिले सम्म लाभांश प्रस्ताव गरेका छैनन् । 

यस वर्ष सबै भन्दा धेरै नबिल बैंकले लाभांश प्रस्तव गरेको छ । 

बैंकले आफ्ना लगानीकर्ताहरुलाई ३३.५० प्रतिशत बोनस शेयर र १.७६ नगद लाभांश प्रस्ताव गरेको छ । 

त्यस्तै, एन आइ सी बैंकले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश दिँदैछ । 

उता, प्राइम कमर्सियल र कृषि बिकाश बैंकले १५ प्रतिशत बोनस शेयर दिँदैछन् । हिमालयनले १४ प्रतिशत शेयर र ६ प्रतिशत नगद, गलोबल आइएमीले १४ प्रतिशत बोनस र २ प्रतिशत नगद, बैंक अफ काठमाँडौले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद, नेपाल इन्भेष्मेन्टले १३ प्रतिशत बोनस र ५।५ नगद, सिदार्थले १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद, नेपाल बैंकले १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद, एन सि सिले १०.२७ बोनस र ०.५४ नगद र मेगाले १० प्रतिशत बोनस र ३.०५ नगद लाभांश प्रस्ताव गरेको छ । 

त्यस्तै, प्रभू बैंकले १० प्रतिशत बोनस र ०.५३ नगद, कुमारीले १०.८५ बोनस र ३.१५ नगद, लक्ष्मीले ९ प्रतिशत बोनस र २.५० प्रतिशत नगद, सिटिजनले८ प्रतिशत नगद र ३ प्रतिशत नगद र माछापुछ्रेले ७.०३ प्रतिशत बोनस र ३.३७ नगद लाभांश प्रस्ताव गरेको छ । 

त्यस्तै, स्टयान्डर्ड चार्टर्डले ७ प्रतिशत बोनस र ४.८४ नगद, नेपाल बंगलादेशले ६ प्रतिशत बोनस र २.४२ नगद, एस बि आईले ६ प्रतिशत बोनस र ३.३७ नगद, सनराइजले ५.२५ बोनस र २.२५ नगद त्यस्तै, एभरेस्ट बैंकले ५ प्रतिशत बोनस शेयर र ५.५३ नगद लाभांश वितरण गर्न लागेको छ । 

लाभांश प्रस्ताव गरेका कतिपय बैंकहरुले साधारणसभाबाटै लाभांश पारित गरिसकेका छन् भने कतिपय साधारणसभाको तयारीमा रहेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया