आज आकाशमा बृहस्पति, शनि र बुध ग्रह देख्न पाइने

५ बर्ष अगाडि

आज रात्रिको आकाशमा  तीनवटा ग्रहको अद्भुत संयोग हुन गइरहेको छ।

आजको सन्ध्याकालीन आकाशमा बृहस्पति, शनि र बुध ग्रहको त्रिकोण देखिने भएको छ।

यस अघि सन २०२० को वर्ष महत्वपूर्ण रहेको थियो।  अनेको खगोलीय गतिविधि का साथै २०२० मा भएको बृहस्पति  ग्रह र शनि ग्रहको निकटता ९ ग्रेट कन्जक्शन ० ले बड़ो चर्चा पाएको थियो।

आज देखि जनवरी ११ तारीखसम्म आकाशमा यी तीनवटै ग्रहले त्रिकोण बनाउने  छन्।  हुन त ११ जनवरीमा बन्ने त्रिकोण त्यति प्रष्ट हुँदैन।  आज ८ जनवरीमा भने यो त्रिकोण स्पष्ट देखिने छ। ९ र १० जनवरीमा पनि तीन वटै ग्रहको संयोग देखिने छ। मौसम साफा रहे आजको सन्ध्याकालीन आकाशमा तीन वटा ग्रहले बनाउने त्रिकोण हेर्न नबिर्सनु होला।


 

५ बर्ष अगाडि

प्रतिक्रिया