पिपुल्स पावर लिमिटेडको  माघ १८ गते वार्षिक साधारण सभा बस्ने

५ बर्ष अगाडि

काठमाडौं, पिपुल्स पावर लिमिटेडको  माघ १८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले  सभा कार्यालयमा बिहान ११ बजेका लागि सभा बोलाएको छ । 

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने लागेको छ । कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त  निर्णय गरेको हो ।

सभाको प्रस्तावमा आईपीओ निष्कासन गर्ने तथा सो निष्कासनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कम्पनीको लागि थप पूँजी वृद्धि गर्ने प्रस्ताव अनुमोदन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने रहेको छ ।  

साधारण सभा प्रयोजनका लागि माघ ३ गतेदेखि माघ १८ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन योग्य हुनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया