शुक्रबार कस्तो रहन्छ देशभरको मौसम ?

५ बर्ष अगाडि

काठमाडौँ – शुक्रबार जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ।

तर प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखा जनाएको छ ।

‘प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ’, महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

मौसमविदका अनुसार शुक्रबार राति पनि प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली नै रहने छ।

हाल भारतको कर्णातक देखि गुजरातमा बनेको न्युन चापिय रेखाको नेपालमा आंशिक प्रभाव रहेको मौसमविदले जानकारी दिएका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया