बैंकको युजरनेम र पासवर्ड आफै सेट गर्न पाईने, सेवा शुल्क लिन ग्राहकको पुर्व अनुमति

५ बर्ष अगाडि

अब देखि  ग्राहकको अनुमति लिएर मात्रै बैंकहरुले विद्युतिय सेवाको शुल्क लिन पाउने भएका छन् ।

आजबाट राष्ट्र बैंकले उक्त ब्यबस्था गरेको हो । 

अब बैंकहरुले ग्राहकको पुर्व अनुमति लिएर र सेवा शुल्कबारे जानकारी गराएर मात्र इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एसएमएस बैंकिंग जस्ता विद्युतिय सेवाको शुल्क लिन पाउने छन् ।

त्यस्तै,  अब ग्राहकहरुले बैंकको युजरनेम र पासवर्ड आफै सेट गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकल इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एसएमएस बैंकिंग लगायत सेवाको युजर नेम वा पासवर्ड बिर्सिएमा ग्राहक आफैले रिसेट गर्ने ब्यबस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया