काठमाडौं- ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनल नेपालबीच कृषि कर्जाको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
साना किसानको पहुँच बढाउने उद्देश्य पुरा गर्नका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा। शुभनारायण महतोले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।
समझदारी भए सँगै अब ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लाका विभिन्न ठाउँहरूमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा फलफूलहरूको उत्पादन गर्ने कृषकहरूलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ । भने हेफर इन्टरनेशनलले सहकारीको सिफारिसमा साना किसानहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।
मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा सहित ८०० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले १७ भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
साथै, हेफर इन्टरनेशनलले हालसम्म ४१ जिल्लामा २ लाख ५४ हजार भन्दा बढी गरिब, पिछडिएका परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया