काठमाडौं- नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा ४६ संगठित संस्थाहरुलाई बुक बिल्डिङग विधिबाट स्वीकृति दिएको छ । स्वीकृति लिन निवेदन दिएका ६२ संस्थाहरुमध्ये ४६ संस्थालाई मात्र बोर्डले स्वीकृति दिएको हो।
बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीति लगायतका विवरणको अध्ययनको आधारमा सुसूचित तवरले धितोपत्रको आशय मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक निष्कासनको मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागिता मार्फत् धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुर्याउने अपेक्षा रहेको बोर्डले जनाएको छ ।
बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको पनि जनाएको छ । साथै वास्तविक क्षेत्रका केही कम्पनीहरूले यस विधिमार्फत धितोपत्रको सार्वजनिक निष्कासन गर्न तयारी समेत गरिरहेको सन्दर्भमा बोर्डले योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गरेको हो ।


प्रतिक्रिया