काठमाडौं- गएको चैत दोस्रो सातादेखि अन्तर एटिएम कारोबार गर्न दिएका बैंकहरुले अब शुल्क लिन पाउने भएका छन् ।
बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै राष्ट्र बैंकले अन्तर बैंक एटिएम कारोबारमा बैंकहरुले शुल्क लिन पाउने व्यवस्था गरेपछि बैंकहरुले शुल्क असुल्ने भएका हुन् ।
कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनको समयमा बैंकहरु नखुल्ने र आंशिक रुपमा खेलेपनि चेकबाट कारोबार गर्दा भिडभाड हुने भएपछि राष्ट्रबैंकले अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो।
आगामी माघ १ गतेदेखि एक बैंकको एटीएमकार्ड अर्को बैंकमा प्रयोग गर्दा सेवा शुल्क लाग्ने व्यवस्था लागू गरेको छ ।
राष्ट्रबैंकले आज जारी गरेको निर्देशनमा एक महिनामा दुई पटक अन्तरबैंक एटीएम प्रयोग गर्दा भने निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको छ।
दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसअघि अधिकतम शुल्क तोकिएको थिएन।
त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
प्रतिक्रिया