काठमाडौं- नेपालका बैंक तथा वित्तिय संस्थाकाे खातामा मंसिर अन्तिमसम्म ४१ खर्ब ९० अर्ब भन्दा धेरै निक्षेप रहेकाे तथ्यांक सार्वजनिक भएकाे छ ।
नेपाल राष्ट्र बैकले सार्वजनिक गरेकाे तथ्यांकमा विभिन्न बैंक तथा वित्तिय संस्थामा ४१ खर्ब ९० अर्ब ७१ निक्षेप रहेकाे देखिएकाे हाे ।
राष्ट्र बैकले सर्वाजनिक गरेको तथ्याङकअनुसार बैकहरूकाे चल्ती खातामा ३ खर्ब ३४ अर्ब १४ कराेड ९ लाख छ । त्यस्तै बचत खातामा १३ खर्ब ३८ अर्ब ७२ करोड ३० लाख रकम छ ।
यसैगरी मुद्धति खातामा २० खर्ब ४७ अर्ब ४९ करोड ५० लाख बराबरको रकम जम्मा छ भने कल निक्षेप ३ खर्ब ९१ अर्ब ७४ करोड ९० लाख छ । कल खाता चल्ती खाता र बचत खाता दुवैको विशेषता भएको खाता हाे, जहाँ चल्ती खाताजस्तै जतिसुकै रकम झिक्न मिल्छ भने व्याज पनि प्राप्त हुन्छ ।
कल खाता बचत खाता जस्तै हो तर यसमा रकम आवश्यक परेको बेला सजिलै भुक्तानी गर्न सकिन्छ । राष्ट्र बैंककाअनुसार अन्य खातामा चाहि मंसिरको अन्तिममा ७८ अर्ब ६० करोड १० लाख रकम जम्मा छ ।
प्रतिक्रिया