घुससहित मालपोत कार्यालयका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

५ बर्ष अगाडि

काठमाडौं- हरिवन मालपोत कार्यालय सर्लाहीका दुई कर्मचारीलाई ११ हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

मालपोतका नायब सुब्बा बेदनिधी बराल र हरिवन नगरपालिका २ का लेखापढी व्यवसायी राम सुन्दर महतोलाई आयोगले कार्यालयबाटै नियन्त्रणमा लिएको हो । 

जग्गाधनी दर्ता प्रमाण पत्रमा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । 

नियन्त्रणमा लिई उनीहरु माथि थप अनुसन्धान अघि सारिएको आयोगले जनाएको छ । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया