काठमाडौं, नेपालमा मंसिरको अन्तिमसम्म मोबाइल बैकिङ सेवा प्रयोगकर्ता एक करोडभन्दा बढी पुगेका छन् ।
चालु आर्थिक वर्ष २०७६र०७७ को मंसिरको अन्तिमसम्म १ करोड १९ लाख १२ हजार ८१३ जनाले मोबाइल बैंकिङ सेवा उपभोग गर्दै आएका छन् । जसमध्ये वाणिज्य बैंक अन्र्तगत १ करोड ६ लाख ६५ हजार ७१ जनाले मोबाइल बैंकिङ सेवा प्रयोग गर्दैं आएका छन् भने विकास बैंकमार्फत ११ लाख ५१ हजार ८०७ जना र अन्य वित्तिय संस्थाहरुबाट ९५ हजार ९३५ जनाले उक्त सेवाको प्रयोग गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले सर्वाजनिक गरेको तथ्याङकले यस्तो देखाएको हो ।
यस्तै देशभर इन्टरनेट बैकिङ प्रयोगकर्ता संख्या पनि १० लाख नाघेको छ ।
चालु आ.व.को मंसिर अन्तिम सम्मको तथ्याङक हेर्ने हो भने कुल प्रयोगकर्ता संख्या १० लाख ६१ हजार ३४० रहेको छ । वाणिज्य बैकतर्फ १० लाख २९ हजार ३३३ प्रयोगकर्ता रहेका छन् भने विकास बैंक तर्फ २५ हजार ५७४ र अन्य वित्तिय संस्थापतपर्फ ६ हजार ४३३ प्रयोग कर्ता रहेका छन् ।
पछिल्लो समयमा मोबाइल बैकिङ सेवा र इन्टरनेट बैकिङ सेवा प्रयोग गर्न प्रयोग बढ्दो रहेको छ । यो सेवा सुचारु गरेपछि बैकमा आफ्नो खाताबाट रकम जम्मा तथा फिर्ता जस्ता अन्य बैकिङ कारोबार आफ्नो मोबाइल तथा इमेलमा सजिलै हेर्न व्यवस्था रहेको हुन्छ । मोबाइल बैंकिङ सेवाबाट रकम ट्रन्सफर गर्न तथा विद्युतिय बिल भुक्तानी गर्न सकिने सेवा पनि उपलब्ध रहेको छ । साथै मोबाइल क्यामेराको प्रयोगबाट चेक पनि जम्मा गर्न सकिन्छ र एटीएमबाट रकम निकालेको जानकारी एसएमएसबाट सजिलै लिन सकिन्छ ।
यस्तै इन्टरनेट बैकिंङ सेवाबाट पनि बिना चेक रकम भुक्तानी गर्न सकिन्छ । साथै आफ्नो खाताको बारेमा केही जानकारी चाहिएमा सजिलै इमेलबाट हर्न सकिने व्यवस्था रहेको छ ।
प्रतिक्रिया