काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ४ महिनामा कुल रु. ९० अर्ब तरलता प्रशोचन गरिएको छ । राष्ट्र बैंकले रिभर्स रिपोमार्पmत् रु.६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत् रु.३० अर्ब गरी यतिका तरलता प्रशोचन गरेको हो ।
राष्ट्र बैंकको कात्तिकसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत आवमा निक्षेप संकलन उपकरणमार्फत
रु.३० अर्ब तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत्रु.३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत रु.५० अर्ब ५५ करोड गरी कुल रु.९० अर्ब ७ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ७० करोड खुद खरिद गरी रु.२०१ अर्ब ६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २० करोड खुद खरिद गरी रु.१३६ अर्ब ५६ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब २२ करोड बिक्री गरी रु.१४४ अर्ब ६९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सो अवधिमा अमेरिकी डलर १ अर्ब ४२ करोड बिक्री गरी रु.१६० अर्ब ९६ करोड बराबरको भारतीय रुपैयाँखरिद भएको राष्ट्र बैंकको भनाइ छ ।
प्रतिक्रिया